काठमाडौं । प्रहरीले काठमाडौं उपत्यका प्रवेश गर्ने नाका नागढुङ्गाबाट ४३ लाख नगद र ९ वटा तिलहरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राति जाँचका क्रममा दाङ तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश नम्बर ३ –०१–००–६ ख ०९१२ नम्बरको बस आएका तुल्सीपुर उपमहानगरपालिका ५ का ३७ वर्षीय सन्दीप कौशललाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेशकुमार बस्नेतले जनाकारी दिएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको समेत प्रवक्ता बस्नेतको भनाइ छ ।

प्रतिक्रिया