विश्वकप छनोटमा उत्तरी मेसेडोनियासँग जर्मनी २–१ ले पराजित


उत्तरी मेसेडोनियाले युरोपेली विश्वकप छनोटमा बुधबार चार पल्टको विजेता जर्मनीलाई २–१ ले स्तब्ध पारेको छ । मेसेडोनियाका तर्फबाट इलजिफ इलमासले खेलको अन्त्यतिर निर्णायक गोल गरे ।

गोरान पानडेभको गोलले अग्रता लिएको मेसेडोनिाविरुद्ध इलकयी गुन्डोगनले बराबरी गोल गरेका थिए । यो हारपछि जर्मनीको तीन खेलबाट तीन अंक मात्र भएको छ र समूह जे को तेस्रो स्थानमा छ ।