काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेकोप्रति आपत्ति जनाउँदै त्यसलाई अस्वीकार गर्ने बताएका छन् ।
निलम्बन गर्ने ओलीको निर्णयपछि सामाजिक संजालमार्फत प्रतिक्रिया दिँदै रावलले यो पार्टी विधान र नवौं महाधिवेशनको मार्ग निर्देशनविरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य भएको बताएका हुन् ।
उनले यसलाई देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिको तावेदारीको संज्ञा दिएका हुन् । पार्टी अध्यक्ष ओलीले सोमवार माधव नेपाल र भीम रावललाई ६ महिना पार्टीबाट निलम्बन गरेका छन् ।


प्रतिक्रिया