काठमाडौं । त्रिभुवन आर्मी क्लब र किर्गिस्तान यु २३ टिमको खेल गोलरहित बराबरीमा सकिएकोे छ । त्रिदेशिय लिगका लागि नेपाल आएको किर्गिस यु २३ ओलम्पिक टिमले आइतबार दशरथ रंगशालामा आर्मीसँग मैत्रीपुर्ण खेल खेलेको हो ।
त्रिदेशिय लिगको पहिलो खेलमा बंगलोदेबिरुद्ध आफ्नै गोलले हार बेहोर्न बाध्य किर्गिस्तानले दोश्रो खेलमा नेपालसँग गोलरहित बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरिएको थियो । आजको खेलमा दुबै पक्षले गोलको राम्रो अवसर पाएपनि गोल भने गर्न सकेनन् ।
खेलको पहिलो मिनेटमा नै आर्मीले मौका पाएको थियो । तर नवयुग श्रेष्ठ चुक्दा गोल हुन सकेन । एएफसी कपको प्लेअफको तयारीमा रहेको आर्मीले श्रीलंकाको पुलिस क्लबसँग खेल्नेछ । जुन खेल पनि दशरथ रंगशालामै अप्रिल ७ मा हुनेछ ।
पहिलो खेलमा जित निकाल्न सफल रहेमा आर्मीले भारतको बैंगलुरु क्लबसँग खेल्नेछ । आर्मी एएफसीको लाइन्स प्राप्त नेपालको पहिलो क्लब हो । यस सिजनको ए डिभिजन क्लब विजेता मछिन्द्रसँग लाइसेन्स नहुँदा आर्मीलाई देशको प्रतिनिधित्व गर्ने मौका प्राप्त भएकोे हो ।

प्रतिक्रिया