काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिगमनको खतरा अझै नटरेको बताएका छन् । शनिबार बिहान ट्वीट गर्दै भट्टराईले प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर लोकतन्त्रको रक्षा गर्ने भन्ने दुई विकल्प रहेको बताएका छन् ।
उनले विवेक प्रयोग गरेर विकल्प रोज्नुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘प्रतिगमनको खतरा टरेको छैन ! प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान/लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुई विकल्प अगाडि छन् ! पहिलो बाटो तुलसी गिरी/केशरजंग रायमाझीको र दोश्रो बाटो बिपी/पुष्पलालको हो ! वुद्धि/विवेकको प्रयोग गरेर आफै रोजौं!’


प्रतिक्रिया