काठमाडौं । होटलमा भेट्न बोलाई गोप्य भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका–६ घर भई काठमाडौं गोंगबु बस्ने २८ वर्षीय संगीता शाह, सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१२ घर भई गोंगबु बस्ने २१ वर्षीया सुस्मिता गिरी र नुवाकोट ताडी नगरपालिका–३ घर भई स्वयम्भू बस्ने २१ वर्षीय शंकर खनाल छन् । महाशाखाका अनुसार शाह र गिरीले पुरुषलाई होटलमा भेट्न बोलाएर सँगै बसेको भिडियो गोप्य रूपमा खिचेर ब्ल्याकमेलिङ गरेको खुलेको छ । खनाललाई भने ति महिलाले उनको नाममा पाँच लाखको चेक काट्न लगाएको अभियोगमा पक्राउ गरिएको हो ।
महाखाअनुसार ती महिलाले कपन र इमाडोल बस्ने दुई पुरुषलाई चावहिलस्थित गेस्ट हाउसमा भेट्न बोलाए कोठामा सँगै बसेको भिडियो गोप्य रूपमा खिचेर ब्ल्याकमेलिङ गरेको उजुरी परेको थियो । यसअघि पनि प्रहरीले यसरी रकम असुल्ने दुई महिलालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया