सडक निर्माणमा प्राविधिक र व्यवहारिक पक्षलाई ध्यान दिन प्रधानमन्त्रीको आग्रह


काठमाडौं । प्रधानमन्त्री केपी शर्म ओलीले प्रादेशिक राजधानीसँग स्थानीय तहहरुलाई जोड्न निर्माण गर्न लागिएको सडक सञ्जालको आइतबार उद्घाटन गरेका छन् ।

प्रादेशिक राजधानीसँग नजोडिएका २ सय ८३ स्थानीय तहलाई जोड्न यी सडकहरु निर्माण गर्न लागिएको हो । कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले अब विकासको गतिलाई तीव्र रुपमा अघि बढाएको र यो भौतिक विकासको माध्यमबाट सामाजिक विकास पनि सँगै हुने बताए ।

उनले नेपाललाई छिट्टै विकाशिल देशहरुको सूचीमा समावेश गराउन सक्षम हुने विश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले सडक निर्माणमा प्राविधिक र व्यवहारिक पक्षलाई सँगसँगै ध्यान दिन आग्रह गरे ।

उनले विकास मात्र होइन दीगो विकासको मापदण्डलाई स्वीकार गरेर अघि बढ्न निर्देशन पनि दिए । उनले समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई साकार पार्न यो महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गरे । उनले स्थानीय तहको विकासमा ध्यान दिँदा हरेक स्थानीय तहमा एक/एक हेलिप्याड निर्माण गर्न पनि निर्देशन दिए ।