काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी मुसा दौडमा नरहेको बताएका छन् ।
सामाजिक संजाल ट्वीटमार्फत भट्टराईले देश देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको नभएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है ! अदालतको कृपाले अलि लाज बचेको बेला पुनःउही म्युजीकल चेयरको खेलमा लाग्नु सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त ! जसपा त्यो मुसादौडमा छैन है !’

सत्ता साझेदारीका विषयमा जसपाका शीर्ष नेता र एमालेका शीर्ष नेताहरुबीच बिहीबार साँझ भेटवार्ता भएको थियो । भेटमा भट्टराई भने सहभागी भएका थिएनन् ।

प्रतिक्रिया