काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा बसिरहने कुनै तुक नभएको बताएका छन् ।
सामाजिक संजालमार्फत भट्टराईले यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक भएका भन्दै उनलाई सत्तामा बसिरहने अधिकार नभएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘अखाद्य बस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव हो । तर नेपाली राजनीतिमा जो जेपनि खान किन उद्यत ? यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरूको शिकारमा विषाक्त घाँस हाल्दैछन् ! किन नबुझेको ?ओली हटाऊ देश बचाऊ ।’


प्रतिक्रिया