बार्यन म्युनिख फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश


जर्मन क्लब बायर्न म्युनिख, फिफा क्लब विश्वकप फुटबलको फाईनलमा प्रबेश गरेको छ । दोस्रो सेमिफाईनलमा गएराती ईजिप्सीयन क्लब अल अहलीलाई २–० ले हराउदै बायर्नले उपाधि यात्रा तय गरेको हो ।

कतारको अल रायन फुटबल मैदानमा भएको सेमिफाईनलमा बायर्नलाई जिताउन दुबै गोल रोबर्ट लेवान्डोस्कीले गरे ।१७ औ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै जर्मन महारथीलाई अग्रता दिलाएका थिए । उनैले ८५ औ मिनेटमा टोलीको अग्रता दोब्बर पारे ।

खेलमा अधिकांश समय अल अहलीलाई दबाबमा राखेको बार्यनले पाएका थप आधा दर्जन बढि अवसर खेर फालेको थियो ।बार्यनले क्लब विश्वकपको उपाधिका लागि बिहिबार मेक्सिकन क्लब टाईगर्ससंग प्रतिस्पर्धा गर्नेछ ।