आचार्य अनेरास्ववियूको केन्द्रीय सदस्यमा मनोनित


काठमाडौं । अनेरास्ववियूका नेता भुवन आचार्य अनेरास्ववियूको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । अनेरास्ववियूको दोस्रो पूर्ण बैठकले आचार्यलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

आचार्य चार वर्षदेखि त्रिवि राष्ट्रिय कमिटीको सचिव थिए । २०६२ सालदेखि संगठनमा आवद्ध आचार्य अनेरास्ववियूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । राजनीतिका अलावा उनी समाजसेवामा समेत सक्रिय छन् ।