काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टीले बुधबार देशभर प्रदर्शन गरेको छ ।
काठमाडौंको असनमा प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले विभिन्न नारा लगाउँदै सरकारको कदमलाई गलत भन्दै विरोध प्रदर्शन गरेका थिए ।
आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसपछि राजनीतिक दलहरु आन्दोलनमा उत्रिएका छन् भने सत्तारुढ दल नेकपा भने विभाजन भएको छ ।


प्रतिक्रिया