काठमाडौँ । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सत्तारुढ नेकपाका सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमाथि छलफलका लागि अधिवेशनको माग गर्दै निवेदन लिएर सांसदहरु शीतलनिवास पुगेका हुन् ।
पौने एक बजे नेकपाका सांसदहरु शीतलनिवास पुगे पनि उनीहरुको निवेदन भने दर्ता भएको छैन । शीतलनिवास पुगेका एक सांसदले राष्ट्रपति कार्यालयका सचिव निवेदन दर्ता गर्न छाडेर त्यहाँबाट निस्केको बताएका छन् । नेकपा सांसद पम्फा भुसाल र भीम रावलसहितको टोली निवेदन लिएर शीतलनिवास पुगेको हो ।
संसदको एक चौथाई सांसदले लिखितरुपमै निवेदन दिए विशेष अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । एउटा अधिवेशनदेखि अर्कोको बीचको अवधि ६ महिना भन्दा बढी हुन नपाइने संवैधानिक बाध्यताका कारण पुस १७ सम्म भने अनिवार्यरुपमा संसद बोलाउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया