अध्यादेश तत्काल फिर्ता लिनुपर्दछः नारायणकाजी श्रेष्ठ


नारायणकाजी श्रेष्ठ।

सरकारले पुनः संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेको छ ।यो सारत: यस अघि जारी गरेर फिर्ता गरिएकै अध्यादेश हो।त्यसबेला हाम्रो पार्टी ,प्रमुख प्रतिपक्ष लगायतका राजनीतिक पार्टी हरु र नागरिक समाजले अलोकतान्त्रिक कदम भन्दै बिरोध गरी फिर्ता लिन व्यापक दवाव दिएपछि सरकारले उक्त अध्यादेश फिर्ता लिएको थियो ।

अहिले सत्तारुढ हाम्रो पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको छ र संसदको नियमित अधिवेशन बोलाउने समय नजीक आईसकेको छ।यस्तो स्थितिमा प्रधानमन्त्रीले अप्रत्यासित ढङ्गबाट अध्यादेश ल्याउनु गलत छ ।तसर्थ अध्यादेश तत्काल फिर्ता लिनु पर्दछ ।

( अध्यादेश जारी गर्ने सम्बन्धमा पार्टीलाई कुनै जानाकारी थिएन र जारी गरिए पछि पार्टीमा कुनै छलफल भएको छैन ।भोलिको स्थायी कमिटीको बैठकमा छलफल होला ।तसर्थ अहिले यो मेरो नीजि बिचार हो )