त्रिनिदाद र टोबागोका लागि प्रवासी बोकेको जहाज दुर्घटना हुदाँ कम्तीमा १४ जनाको मृत्यु भएको भेनेजुएला सरकारले जानकारी दिएको छ ।
भेनुजुएला सरकारले प्रकाशित गरेको विज्ञप्तिमा ११ वटा शव तटीय गार्डले शनिबार दिउँसो फेला पारेको जनाइएको छ । आज पनि दुई वयस्क एक महिलाको शव भेटिएको र यसैसँगै यस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।
त्रिनिदादियन तटरक्षक दलले शनिबार भेनेजुएलाका अधिकारीहरूलाइ भेरेजुएलाको तटीय शहर गुइरियाको नजिकैको पानीमा ११ जनाको शव फेला परेको जनाइएको छ । सन् २०१८ र २०१९ गुरिआबाट त्रिनिदादको खतरनाक यात्राको क्रममा करिब १०० जना बेपत्ता भएका जनाइएको छ ।

प्रतिक्रिया