विश्वमा एकैदिन ८ लाख भन्दा बढी मानिस कोरोना संक्रमणमुक्त


विश्वमा पाँच करोड चार लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ८ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ४ लाख ८९ हजार १५० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ६९ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ करोड २१ लाख ३ हजार २२३ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० हजार भन्दा बढीको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १६ लाख ११ हजार ४९२ पुगेको छ ।

हाल विश्वभर २ करोड भन्दाबढी सक्रिय संक्रमित छन् भने एक लाख ६ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ६५ लाख ४९ हजार ३६६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ४४ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ५ हजार नाघेको छ । त्यसैगरी, भारतमा सक्रमितको संख्या ९८ लाख ५७ हजार ३८० पुगेको छ ।

संक्रमितमध्ये एक लाख ४३ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९३ लाख ५६ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६८ लाख ८० हजार नाघेको छ भने १ लाख ८१ हजार १४३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५९ लाख ६९ हजार भन्दा बढी निको भएका छन् ।