काठमाडौं । अर्थमन्त्री बिष्णु पौडलले कोरोनाको भ्याक्सीनलाई सहजरुपमा आपूर्ति गर्ने सरकारको अवको प्राथमिकता रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघको पाँचौं महासभाको शनिबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पौडेलले कोरोनाको गुणस्तरीय र तुलनात्मक रुपमा सस्तो भ्याक्सीन सहजरुपमा आपूर्ति गर्ने सरकारको अवको प्राथमिकता रहेको बताएका हुन् ।
उनले मुलकको आर्थिक क्षेत्रमा नीजि क्षेत्रको योगदान अतुलनीय रहेको बताउँदै कोभिडविरुद्धको लडाइँमा सरकारलाई सहयोग निजी क्षेत्र, सञ्चार क्षेत्र र आम नागरिकलाई आह्वान गरे । उनले अर्थतन्त्रमा कोभिडको असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने बताए ।
मन्त्री पौडेलले सरकारले नागरिकको जीवन रक्षा र नागरिक सर्वोच्चतालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै कोभिडका बिरामीको उपचारले सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन कोभिडको मापदण्ड पालना गरेर व्यवसायीक गतिविधिलाई अगाडि बढाउनुको विकल्प नरहेको बताए ।
कार्यक्रममा नीजि क्षेत्रका प्रतिनिधिहरुले कोरोनाका कारण नेपालको अर्थतन्त्रमा पारेको असरलाई परिपूर्ति गर्न सरकार र नीजि क्षेत्र एक भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया