विश्वमा पछिल्लो २४ घण्टामा ६ लाख ६१ हजार भन्दा बढीमा कोरोना संक्रमण


विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ७ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ६१ हजार ८ सयभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ७ करोड ७ लाख ११ हजार ३६८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १२ हजार ५४६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ लाख ८८ हजार २४७ पुगेको छ । संक्रमितमध्ये हासम्म ४ करोड ९१ लाख ३९ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् । विश्वमा १ करोड ९९ लाख ८३ हजार ५६३ सक्रिय संक्रमित छन् भने १ लाख ६ हजार ७१० जना गम्भीर बिरामी छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ६० लाख ३९ हजार ३९३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९३ लाख ३० हजार ८६५ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ९९ हजार नाघेको छ ।

त्यसैगरी, भारतमा सक्रमितको संख्या ९७ लाख ९६ हजार ९९२ पुगेको छ । संक्रमितमध्ये एक लाख ४२ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९२ लाख ९० हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६७ लाख ८३ हजार नाघेको छ भने १ लाख ७९ हजार ८०१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५९ लाख ३१ हजार भन्दा बढी निको भएका छन् ।