अनि गरे कांग्रेस सांसदले प्रदेश सभा बैठकमा कुर्सी तोडफोड(भिडियोसहित)


बुटवल । प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलको बिरोधका बाबुजुद प्रदेशको नाम र स्थायी राजधानीको प्रस्तावमाथिको छलफल सोमाबार सुरु भएको छ ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश ५ सरकारले प्रदेश सभामा पेस गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकै बीच सभामुखले छलफलअघि बढाएका थिए ।

तोडफोड र नाराबाजीकै बीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएका थिए । बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा कांग्रेस सांसदहरूले नाराबाजीसहित कुर्सी र टेबुल तोडफोड गरेका थिए ।

Posted by Dang update on Monday, 5 October 2020

सो क्रममा मन्त्री केसीले बिरोध गर्ने सांसदहरुलाई बाहिर निकाल्न मर्यादा पालकलाई निर्देशन दिएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरु प्रदेश राजधानी दाङको भालुवाङमा राख्ने पक्षमा रहेका छन् भने नेपाली कांग्रेसलगायत केही दलका सांसदहरु त्यसको विरोधमा छन् । छलफलका क्रममा कांग्रेसलगायत दलका सांसदले प्रदेश सभा बैठकमा विरोध जारी राखेपछि बैठक मङ्गलबार मध्यान्ह १२ बजेसम्मका लागि स्थगित गरिएको छ ।