कांग्रेस केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ । पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आजदेखि असोज २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यही असोज १५ गते पीसीआर परीक्षणका लागि पार्टी कार्यालयबाटै नेताहरुले स्वाब दिएका थिए । त्यसमध्ये केही नेताहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएकाले कार्यालय बन्द गर्नुपरेको कांग्रेसले जनाएको छ ।