जापानकी नाओमी ओसाकाले युएस ओपनको महिला एकलको उपाधि जितेकी छिन् ।आइतबार विहान सकिएको खेलमा ओसाकाले बेलारुसकी भिक्टोरिया अजरेक्कलाई २(१ को सेटमा पराजित गरेर तेस्रो ग्रान्डस्लामको उपाधि जितेकी हुन् । जापानकी चौथो वरीयताकी खेलाडी ओसाकाले पहिलो सेट १(६ ले अजरेन्कालाई सुम्पिएकी थिइन् । तर २२ वर्षीय उदायीमान खेलाडी ओसकाले त्यसपछिका दुई सेटमा उत्कृष्ट खेल पस्किइन् । उनले दोस्रो सेट ६(३ ले आफ्नो पक्षमा पारिन्।
तेस्रो तथा निर्णायक सेटमा पनि लयमा देखिएकी ओसाकाले ६(३ ले जितेर दोस्रो पटक युएस ओपन जित्न सफल भएन् । यसअघि उनले सन् २०१८ को युएस ओपनमा सेरेना विलियम्सलाई पराजित गरेर पहिलो ग्रान्डस्लाम जितेकी थिइन्। उनी सन् २०१९ मा अस्ट्रेलियन ओपन च्याम्पियन बनेकी थिइन् । तेस्रो पटक ग्रान्डस्लाम च्याम्पियन बनेकी ओसाकाले आफू फाइनल पुगेको ग्रान्डस्लामको उपाधि जित्ने रेकर्ड पनि कायम राखिन् ।

प्रतिक्रिया