काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १०६९ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ३९३, भक्तपुरमा ३० र ललितपुरमा थप ५८ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा १२,०८८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ७,३९० जना रहेका छन् । आइसोलेसनमा १८,११२ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४०,५२९ पुगेको छ । त्यस्तै मंगलबार थप ७६८ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २२१७८ पुगेको छ ।

प्रतिक्रिया