चट्याङ लागेर कञ्चनपुरको पुनर्वासका एक युवकको मृत्यु, तीन घाइते


भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

चट्याङ लागेर घाइते भएपछि युवकलाई उपचारका लागि धनगढी लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यस्तै चट्याङ लागेर अमरबस्तीका ३० वर्षीय लालबहादुर बोगटी, १६ बर्षीय भावना भुल र ३७ वर्षीय पशुपति सार्की घाइते भएका छन् । उनीहरुको धनगढीमा उपचार भइरहेको छ ।