काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले काठमाडौँ गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ । २० ओभर खेल्दै चितवनले ४ विकेटको क्षतिमा २०४ रन बनाएको हो । उसका ओपनर कामिल मिशाराले नटआउट १२० रन बनाए ।
यो एनपीएल इतिहासकै व्यक्तिकत सर्वााधिक रन हो । काठमाडौंविरुद्ध विष्फोटक ब्याटिङ गर्दै चितवन राइनोजका ओपनर कामिल मिशाराले शतक बनाएका छन् । ५३ बलको सामना गर्दा चार चौका र आठ छक्काको मद्दतमा उनले शतक पूरा गरेका हुन् । यो एनपीएल तेस्रो सिजनको दोस्रो शतक हो । चितवनका लागि रवि बोपाराले अर्धशतक बनाए ।
उनले ४२ बलको सामना गर्दा ५३ रन बनाएका हुन् । उनको पारीमा तीन चौका र दुई छक्का समेटिएको थियो । काठमााडौंका लागि कप्तान करण केसी र राशिद खानले दुई/दुई विकेट हात पारे ।

प्रतिक्रिया