काभ्रेको बल्थली माउण्टेन रिसोर्टबाट ३५ जापानी र ५ चिनियाँ नागरिक पक्राउ


काभ्रे । काभ्रेको बल्थलीस्थित ’बल्थली माउन्टेन रिसोर्ट’बाट प्रहरीले थप ४० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । बुधबार रिसोर्टबाट ३५ जना जापानी र ५ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पक्राउ परेकाहरूमाथि आवश्यक छानबिन तथा थप अनुसन्धान भइरहेको ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन विष्टले जानकारी दिएका छन् । यसअघि मंगलबार प्रहरीले पाँचखालस्थित ’ह्वाइट पार्क रिसोर्ट’बाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको नेपाल बसाइको उद्देश्य, प्रवेशाज्ञा (भिसा) लगायतका आवश्यक कागजात र गतिविधिबारे सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।