सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ का १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन् ।
प्रहरीका अनुसार कात्तिक २९ गते साँझ ७ः३० बजे भक्तजनहरू छठ पूजा सकेर घर फर्किएपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेका थिए । घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तोडफोडबाट क्षति पुगेको पूजास्थल पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याइसकिएको प्रहरीले जनाएको छ । साथै प्रहरीले श्रद्धालु भक्तजनलाई निर्धक्क भएर पूजामा सहभागी हुन आग्रह गरेको छ ।

प्रतिक्रिया