काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले विगतका राजनीतिक घटनाक्रमबाट पाठ सिक्नुपर्नेमा जोड दिएका हुन् । उनले २०१५ सालमा बीपी कोइरालाको नेतृत्वमा बनेको सरकारदेखि २०७४ सालमा बनेको नेकपाको झन्डै दुई तिहाइको सरकारसम्मका घटनाक्रमले इतिहासबाट सिक्नुपर्ने सन्देश दिएको उल्लेख गरेका छन् ।
सिंहले बालेन साह नेतृत्वको रास्वपा सरकार पाँच वर्षको कार्यकाल पूरा गर्नुपर्ने बताएका छन् । सरकारको स्थायित्व कमजोर बनाउने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ । उनले नेपालको राष्ट्रियता कमजोर बनाउने गतिविधि कसैको उक्साहटमा हुन नहुने उल्लेख गर्दै नेपालको माटो र जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया