काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप ३१) मा सहभागी हुन शनिबार टर्कीको अन्टाल्याप्रस्थान गरेकी छन् ।
सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री मेहताले जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभाव, स्वास्थ्य प्रणालीको उत्थानशीलता तथा जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय सहयोग र लगानीको आवश्यकताबारे नेपालको धारणा प्रस्तुत गर्नेछिन् ।
सम्मेलनअन्तर्गत नोभेम्बर ९ मा नेपाल पेभिलियनमा आयोजना हुने ‘ Health at the Heart of Climate ActionM A Global Perspective’ विषयक उच्चस्तरीय छलफलको अध्यक्षता गर्ने मन्त्री मेहताले जलवायु परिवर्तन केवल वातावरणीय चुनौती नभई गम्भीर स्वास्थ्य सङ्कटसमेत भएकाले स्वास्थ्यलाई जलवायु कार्ययोजनाको केन्द्रमा राख्नुपर्ने विषय उठाउनेछिन् ।

प्रतिक्रिया