काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति गगन थापालाई कसैले पक्राउ गर्न नसक्ने बताएका छन् ।
शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले गगनलाई पक्रिन कसैले नसक्ने बताएका हुन् । उनले सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्य, मान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको बताए ।
उनले भने, ‘गगनजीको कुरा गर्नुभयो, उहाँलाई पक्रिन कसैले सक्दैन।’ प्रचण्डले आईजीपी हेरफेरको विषय अदालतमा गइसकेकाले त्यसबारेमा अदालतले नै बोल्ने बताए ।

प्रतिक्रिया