काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वनेता रविन्द्र मिश्रले प्रधानमन्त्री बालेन साहलाई विधि र प्रक्रियाअनुसार काम गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत मिश्रले नागरिकले विधि मिच्न सक्ने भए पनि राज्यले विधि मिच्न नहुने बताएका छन् । सुशासनका लागि विधिको पालना आधारभूत आवश्यकता भएको उनको भनाइ छ ।
‘जे गर्नुहुन्छ, तपाईं र देशको हितमा विधिपूर्वक गरिदिनोस्,’ प्रधानमन्त्री साहलाई भनेका छन् । मिश्रले देशको दीर्घकालीन हितका लागि सुशासन मात्रै पर्याप्त नहुने उल्लेख गर्दै ‘नवीन समझदारी’ आवश्यक रहेको बताएका छन् । नेपाल आन्तरिक तथा भूराजनीतिक रूपमा कमजोर अवस्थामा पुगेको उनको टिप्पणी छ ।
देश निर्माण वर्तमान सरकारको कार्यकालका लागि मात्रै नभई भावी पुस्ताको भविष्यलाई समेत ध्यानमा राखेर हुनुपर्ने मिश्रको सुझाव छ । उनले देशलाई नातिनातिना र आगामी पुस्ताका लागि पनि सुरक्षित र समृद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया