एनपीएलमा कर्णाली र सुदूरपश्चिम  तथा चितवन  र पोखरा भिड्दै


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।  त्रिवि क्रिकेट मैदानमा आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । कर्णाली र सुदूरपश्चिमको खेल मध्याह्न १२ः३० बजे तथा चितवन र पोखराबीचको खेल बेलुकी ५ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा तीनमध्ये दुई खेलमा जित हात पारेको कर्णाली ४ अंकसहित अंकतालिकामा तेस्रो स्थानमा छ । त्यस्तै, चारमध्ये दुई खेल जितेको सुदूरपश्चिम ४ अंकसहित छैठौँ स्थानमा छ ।