काठमाडौं । स्मार्टफोन ब्रान्ड अनरले चाडपर्वको अवसर पारेर ‘अनर फेस्टिभ डिलाइट्स’ नामक विशेष योजना सार्वजनिक गरेको छ ।
नोभेम्बर १ देखि ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत अनरका विभिन्न स्मार्टफोन खरिद गर्ने ग्राहकले स्मार्ट घडी तथा इयरबड्स सहुलियत मूल्यमा खरिद गर्न पाउनेछन् ।
योजनाअनुसार अनर ६०० प्रो, अनर ६०० लाइट, अनर एक्स ७ ई र अनर एक्स ६ ई खरिद गर्ने ग्राहकले अनर वाच २ प्रो मात्र ४ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । उक्त स्मार्ट घडीको नियमित मूल्य १२ हजार ४९९ रुपैयाँ रहेको छ ।
त्यसैगरी, अनर एक्स५डी सिरिजका स्मार्टफोन खरिद गर्ने ग्राहकले अनर इयरबड्स एक्स ७ ई एक्टिभ मात्र ४९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । यसको नियमित मूल्य ३ हजार ९९९ रुपैयाँ रहेको छ ।
एक महिनासम्म सञ्चालन हुने यस योजनाले ग्राहकलाई नयाँ मोबाइलसँगै स्मार्ट घडी र ताररहित इयरफोनसमेत सहुलियत मूल्यमा खरिद गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया