काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायाधीश विवादको विषय संसदबाटै निकास खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।
शनिबार बसेको रास्वपा सचिवालय बैठकले प्रधानन्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश हरि फुयालसँग जोडिएको विवादमा पार्टीले महाअभियोगको विकल्पसमेत अघि सार्ने निष्कर्ष निकालेको हो ।
बैठकले न्याय परिषद्बाट विवादको समाधान सम्भव नदेखिएको निष्कर्ष निकाल्दै संसदीय दललाई संसदमार्फत प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
पार्टी प्रवक्ता जगदीश खरेलले न्यायाधीश विवादको समाधान संसदबाटै खोज्नुपर्ने निर्णय भएको जानकारी दिए । महाअभियोगकै रूपमा अघि बढ्ने वा अन्य संसदीय प्रक्रिया अपनाउने भन्ने विषय भने प्रक्रिया सुरु भएपछि स्पष्ट हुने उनको भनाइ छ।
सचिवालय बैठकमा सहभागी अधिकांश नेताले सम्बन्धित न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने मत राखेका थिए। सोही धारणाका आधारमा विवादको निकास खोज्ने जिम्मेवारी संसदीय दललाई दिइएको उनले बताए ।

प्रतिक्रिया