काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा नौ सय रूपैयाँ बढेको सुनको मूल्य बिहीबार प्रतितोला तीन सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने घटेको छ ।
बुधबार प्रतितोला तीन हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा तीन हजार नौ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया