ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको आश्विन २३ र २४ गते हुने ४७औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा संघका वर्तमान महासचिव भूमि नन्दन कर्माचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
पाटन सौगलस्थित बिजी ट्रेडिङ सेन्टरका सञ्चालक कर्माचार्य २०७० सालदेखि संघको कार्यसमितिमा आबद्ध छन् । उनले ३ पटक कार्यसमिति सदस्य, सामाजिक सेवा समितिको संयोजक, कोषाध्यक्ष हुँदै हाल महासचिवको पदीय दायित्व निर्वाह गर्दै हालसम्म ५ कार्यकाल संघमा जिम्मेवारी सम्हालिसकेका छन् ।
त्यस्तै, यो समूहबाट वरिष्ठ उपाध्यक्षमा रूपकुमार शाक्य, संस्थागत उपाध्यक्षमा सुबिन बज्राचार्य, उद्योग उपाध्यक्षमा सजना श्रेष्ठ (नेम्कुल), महासचिवमा मिलन शाक्य, वाणिज्य उपाध्यक्षमा संजय अमात्य (श्रेष्ठ) र कोषाध्यक्षमा शर्मिला श्रेष्ठ जोशी उम्मेदवार रहेका छन् ।
त्यस्तै, उद्योग समूहबाट कार्यसमिति सदस्यमा गंगा महर्जन, दिनेशानन्द शाक्य (पण्डित), प्रवीण बज्राचार्य, विष्णुलाल सिकर्मी, सुविनमान जोशी र सुरेश महर्जन उम्मेदवार रहेका छन् ।
वाणिज्य समूहबाट अनिल बज्राचार्य, उपेन्द्र लाखे र प्रशमराज बज्राचार्य, सर्जु सिं महर्जन, साम्राज्यदेव श्रेष्ठ, सुरेश शाक्य उम्मेदवार छन् ।
संस्थागत सदस्यतर्फ शम्भू प्रसाद वराही उम्मेदवार रहेका छन् । एसोसिएट सदस्यतर्फ रवि महर्जन निर्विरोध निर्वाचित भइसकेका छन् ।
कर्माचार्य नेतृत्वको समूहले उद्योगी–व्यवसायीबीच सहकार्य र एकता कायम गर्दै आर्थिक गतिविधिलाई तीव्रता दिने, व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने तथा ललितपुरको मौलिक कला, संस्कृति र सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया