काठमाडौँ । निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी विवादमा छानबिनका लागि समिति गठन भएको छ । शुक्रबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकले रास्वपाका सांसद मनिष झाको नेतृत्वमा समिति गठन गरेको हो ।
समितिमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन् । यस विषयमा रास्वपा सांसद खगेन्द्र सुनारले पटक–पटक आवाज उठाएका थिए । समितिलाई दुई महिनाको समय दिइएको छ ।

प्रतिक्रिया