पाँच दिनपछि बीपी राजमार्ग संचालनमा


काभ्रे । पाँच दिनदेखि अवरुद्ध बीपी राजमार्ग आज बिहान १० बजेबाट संचालनमा आएको छ । चौकीडाँडामा खोलाबाट तत्काल डाइभर्सन बनाउन असम्भव देखिएपछि अहिले निर्माण भएको स्थायी ट्रयाकबाट केही भाग खनेर यातायात संचालनल गरिएको हो ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले रोशी खोलामा आएको बाढीले बगाएको स्थानमा डाइभर्सन बनेपछि सवारीसाधन सञ्चालनमा आएको जानकारी दिए ।

अहिले निर्माण भइरहेको अस्थायी ट्रयाकबाट तत्काल साना निजी तथा यात्रुवाहक गाडी सञ्चालन सुरु गरिएको हो भने भोलिबाट बस ट्रकसमेत आवतजावत हुन गरि काम हुँदैछ ।