संयुक्त राष्ट्रसंघ ।संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप सुदृढ गर्नुपर्नेमा जोड दिएको छ।
संयुक्त राष्ट्रसङ्घकी सहायक महासचिव तथा सुरक्षा परिषद्को आतङ्कवादविरोधी समितिको कार्यकारी निर्देशनालयकी प्रमुख नतालिया गेर्मानले आतङ्कवाद पछिल्लो समय थप विखण्डित, विकेन्द्रित र विभिन्न क्षेत्रमा फैलिँदो चुनौतीका रूपमा विकसित भइरहेको बताएकी छन् ।
उनले आतङ्कवादी समूहहरूले संगठनात्मक संरचनामा परिवर्तन गर्दै गतिविधि विकेन्द्रित गर्ने, आर्थिक स्रोतका माध्यम विविध बनाउने तथा कमजोर शासन व्यवस्था र अस्थिर परिस्थितिको फाइदा उठाउने प्रयास गरिरहेको बताइन् ।
गेर्मानका अनुसार कमजोर शासन, स्रोतसाधनका लागि हुने प्रतिस्पर्धा र स्थानीय असन्तुष्टिजस्ता परिस्थितिलाई आतङ्कवादी समूहहरूले आफ्नो प्रभाव विस्तार गर्न प्रयोग गरिरहेका छन्।
यस्ता समूहले महिला तथा पुरुषका फरक संवेदनशीलतालाई ध्यानमा राखेर प्रचार, भर्ती र प्रभाव विस्तारका रणनीति अपनाउने गरेको पनि उनले उल्लेख गरे।

प्रतिक्रिया