काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायुमास क्रिकेट ओभलमा सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानका कप्तान विनायक शुक्लाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । आजको खेल जित्दै नेपाल फाइनलमा पुग्न चाहन्छ । नेपाल समूह ए को विजेता बनेर सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै, ओमानले समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो ।

प्रतिक्रिया