काठमाडौँ । कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु गरेको छ । कोशीमा सुनसरी र उदयपुर, मधेसमा सिरहा र रौतहट, बागमतीमा काभ्रेपलाञ्चोक र धादिङ, गण्डकीमा गोरखा र तनहुँ, लुम्बिनीमा नवलपरासी, कपिलवस्तु र रुपन्देही, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा टोलीले अध्ययन सुरु गरेको हो ।
टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि गहुँको समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ । प्राविधिकले गहुँ उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको विश्लेषण गरी उत्पादन लागतको विश्लेषण गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरी कृषि, वन तथा पर्यावरण मन्त्रालयमा प्रस्ताव पठाउने जनाएको छ ।
सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत गहुँ खरिद हुने जनाइएको छ । गत वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल तीन हजार ९४० तोकेको थियो ।

प्रतिक्रिया