काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार ३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसो १ बजेसम्म बाढी तथा विपदमा परी १ हजार ३ जनाको मृत्यु भएको छ ।
प्राधिकरणका अनुसार रसुवामा ४१, नुवाकोटमा ९५, धादिङमा ५७, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको छ । चितवनमा विभिन्न मानव अंगसमेत फेला परेको प्राधिकरणले जनाएको छ ।
बाढीपछि अझै करिब ३ हजार ९१६ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५ र नेपाली सेनाका ४५ जना रहेका छन् । जलविद्युत् आयोजनामा कार्यरत करिब ६३९ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।


प्रतिक्रिया