भक्तपुरको मध्यपुर थिमि वडा नं ८ बोदेमा सोमबार राति नीलबाराही नाच नचाइँदै । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि चार दिन रातभरि बोदेको हरेक टोलमा नाच नचाइने परम्परा छ । मल्लकालदेखि सञ्चालन हुँदै आएको उक्त नाचमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह र सिंहिनी चार, द्वारपाल दुई, गणेश चार गरी १९ देवगण हुनेछन् भने विभिन्न बाजा बजाइन्छ ।
तस्बिरः रत्न श्रेष्ठ




प्रतिक्रिया