बाढी प्रभावित क्षेत्रको अवस्था, उद्धार र राहतका लागि भइरहेका प्रयासबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

सोमबार राष्ट्रपति भवनमा भएको भेटमा सभपति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रको अवस्था तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।

यसअघि सभापति लामिछानेले प्रधानमन्त्री बालेन साहसँग पनि भेट गरेका थिए । प्रधानमन्त्रीसँग सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेको उद्धार, राहत तथा नागरिक व्यवस्थापनका कामबारे जानकारी लिएपछि सभापति लामिछाने राष्ट्रपतिलाई त्यसबारे ब्रिफिङ गरेका हुन् ।

भेटमा बाढी प्रभावितको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउने, राहत वितरणलाई तीव्रता दिने र प्रभावित नागरिकको व्यवस्थापनमा राज्यका संयन्त्रबीच समन्वय बढाउने विषयमा समेत छलफल भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।