काठमाडौँ । प्रधानमन्त्री बालेन साहले रसुवाको भोटेकोसी नदीको बाढीका कारण निम्तिएको सङ्कट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरुसँग क्रमशः छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री साहले केहीबेरअघि प्रधानसेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत वितरण तथा व्यवस्थापनका मामिलामा ‘ब्रिफिङ’ लिएका प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।
अहिले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिँदैछन् । यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ‘ब्रिफिङ’ लिने कार्यक्रम छ ।

प्रतिक्रिया