काठमाडौँ । मंगलबार सर्वोच्च अदालतको भवनबाट एक व्यक्तिले हामफाल्ने प्रयास गरेका छन् । लालबहादुर राईले सर्वोच्चको भवनबाट हामफाल्ने प्रयास गरेका थिए ।
तर उनलाई सुरक्षाकर्मी सकुशल उद्धार गर्न सफल भएका छन् । उनले सोमबार ठगीसम्बन्धी मुद्दा हारेका थिए । अव्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको संयुक्त इजलासले राईको मुद्दामा यसअघिकै फैसलालाई सदर गर्ने निर्णय गरेको थियो । त्यसपछि, सर्वोच्चले आफूलाई हराएको भन्दै सुसाइड नोट समेत लेखेर राई सर्वोच्चको पाँचौ तल्लामा पुगेका थिए ।
सर्वोच्चका प्रवक्ता सहरजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले आफूले यसबारे जानकारी पाएको र उनको उद्धार भएको जानकारी दिए ।

प्रतिक्रिया