तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँ जिल्ला समितिले जिल्लाका नागरिकका समस्या, गुनासा तथा सुझाव प्रत्यक्ष रूपमा संकलन गर्ने उद्देश्यले ’जनताको प्रत्यक्ष गुनासो’ अभियान सञ्चालन गरेको छ ।
अभियानमार्फत तनहुँका नागरिकले स्थानीय तहमा देखिएका विकास निर्माण, सेवा प्रवाह तथा जनसरोकारका विषयमा आफ्ना समस्या, गुनासा र सुझाव जिल्ला समितिसमक्ष पठाउन सक्नेछन् ।
त्यसका लागि उपलब्ध गराइएको फारम वा क्यूआर कोडमार्फत विवरण पठाउन सकिने र आवश्यक प्रमाणका रूपमा फोटो, भिडियो तथा सम्बन्धित कागजातसमेत उपलब्ध गराउन सकिने रास्वपा तनहुँले जनाएको छ । प्राप्त गुनासा तथा सुझावलाई सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समाधानका लागि पहल गर्ने जिल्ला समितिले प्रतिबद्धता जनाएको छ।
रास्वपा तनहुँका सचिव अनिल श्रेष्ठले जिल्लावासीलाई अभियानमा सक्रिय सहभागिता जनाउँदै आफ्ना समस्या, गुनासा तथा सुझाव पठाउन आग्रह गरेका छन्।

प्रतिक्रिया