माइतीघरमा पोल्ट्री व्यवसायीको प्रदर्शन, भारतीय कुखुरा आयात बन्द गर्न माग


काठमाडौँ । भारतीय कुखुराको आयात बन्द गर्न माग गर्दै पोल्ट्री व्यवसायीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । सरकारले किसानका समस्या समाधान गर्नुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

किसानहरूले भारतीय कुखुरा तस्करी बन्द गर्न, कोल्ड स्टोरको कमिसन बन्द गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।