पर्वत । पर्वतको मोदी गाउँपालिका–२ पातिचौरस्थित एक होटल सञ्चालकको घरबाट चोरी भएको करिब १० तोला सुनसहित एक युवक पक्राउ परेका छन् ।
मोदी गाउँपालिका–२ पातिचौरस्थित देउराली होटलका सञ्चालक दिनेशकुमार पुनको घरको सुत्ने कोठाबाट विभिन्न सुनका गरगहना गरी करिब १० तोला सुन चोरी भएको थियो । घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको कमाण्डमा ६ जनाको टोली खटिएको थियो ।
खोजतलासका क्रममा मोदी गाउँपालिका–६ उपल्लो डिमुवाबाट मोदी गाउँपालिका–५ बाजुङ बस्ने करिब ३० वर्षीय खड्क बहादुर कुँवरलाई चोरी भएको १० तोला सुनसहित फेला पारी नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया