आठ किलो थाइ गाँजासहित त्रिभुवन विमानस्थलबाट म्यान्मारका दुई नागरिक पक्राउ


काठमाडौं । थाइल्यान्डबाट नेपाल ल्याइएको ८.२३८ किलो गाँजासहित दुई जना म्यान्मारका नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा म्यान्मारको यांगौन घर भएका २७ वर्षीया एई थिडा आङ र २९ वर्षीय ने थु रेइन रहेका लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू भदौ ५ गते नेपाल एयरलाइन्सको उडानबाट थाइल्यान्डको सुवर्णभूमिबाट काठमाडौं आएका थिए । उनीहरूले सुटकेसभित्र लुकाएर ल्याएको अवस्थामा ८.२३८ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।