डा. रमिल अधिकारीको नयाँ तीज गीत ‘छक्कै परियो’


अकल्याण्ड । नेपाली मौलिकता, गाउँघरको जीवनशैली र पुराना पुस्ताका सम्झनालाई संगीतमार्फत नयाँ पुस्तासम्म पुर्याउने प्रयासस्वरूप डा. रमिल अधिकारीले नयाँ तीज गीत ‘छक्कै परियो’ सार्वजनिक गरेका छन् ।

तीजको सांस्कृतिक र पारिवारिक भावनालाई केन्द्रमा राखिएको गीतले आधुनिक जीवनशैलीसँगै हराउँदै गएको गाउँघरको सरल जीवन, बाल्यकालका सम्झना र परिवारसँग जोडिएका आत्मीय क्षणलाई गीतका शब्दमार्फत प्रस्तुत गरेको छ । गीतमा समीक्षा अधिकारीको सुमधुर स्वर रहेको छ भने विना राउत र आलिशा बास्तोलाले अभिनय तथा प्रस्तुति दिएका छन्।

गीतको भिडियोमा गाउँघरको परिवेश, बाल्यकालका सम्झना, परिवार, विद्यालय जीवन र नेपाली समाजको पुरानो दैनिकीलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। गीतले आमाबुवासँग जोडिएका बाल्यकालका सम्झनालाई पनि विशेष स्थान दिएको छ।